जेष्ठ ६, २०८१ आईतबार

झापामा एमाले १०, राप्रपा ३ र कांग्रेस २ सिटमा जीत निकाल्दै

बिर्तामोड । प्रतिनिधिसभा र प्रदेशसभाका १५ वटा निर्वाचन क्षेत्र रहेको झापामा एमालेको अग्रता कायमै रहेको छ । १५ मध्ये १० सिटमा एमाले अगाडि भने कांग्रेस ३ सिटमा र राप्रपाको २ सिटमा अग्रता छ ।

झापा क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा सुरुआतदेखि अगाडि छन् । शर्माले ३१११५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अग्नि खरेलले १९५०० मत प्राप्त गर्न सफल भएका छन् । यस्तै, प्रदेश तर्फका गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवारभन्दा अघिअघि छन् । प्रदेश तर्फ एमालेका रविन कोइराला १०६७७ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार गोपाल तामाङले १२२७४ प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।

यस्तै, गठबन्धनका उम्मेदवार श्यामविर लिम्बुले ६५४३ मत प्राप्त गर्दा राप्रपाकी उम्मेदवार सविना बजगाई ६८२९ मतसहित अगाडि छिन् ।

झापा २ मा एमालेका उम्मेदवार अगाडि छन् । एमालेका उम्मेदवार देवराज घिमिरे र प्रदेश तर्फ एकराज कार्की र चिन्तन पाठकको अग्रता फराकिलो बनेको छ । यहाँ गठबन्धन तेस्रो स्थानमा छ । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार छन् । एमालेका उम्मेदवार घिमिरेले १९१८९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले १७५९७ मत प्राप्त गरेका छन् । प्रदेश तर्फ एमाले चिन्तन पाठकले १५०२८ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १२१५३ मत ल्याएका छन् । यस्तै कार्कीले १४९९८ मत ल्याउँदा गठबन्धनका उम्मेदवार पुष्पराज पोखरेलले ५१४४ मत पाएका छन् ।

क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवार कृष्ण सिटौलालाई सुरुआतदेखि राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेन पछि पारेका छन् । सो क्षेत्रमा एमालेका दुवै प्रदेश उम्मेदवार अगाडि छन् । लिङदेनले १८१३४ र सिटौलाले १५४२७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. ४ मा एमालेका उम्मेदवार एलपी साँवा र प्रदेश तर्फ राप्रपाका उम्मेदवार भक्ति सिटौला र एमालेका उम्मेदवार राधाकृष्ण खनालको अग्रता छ । साँवाले १४४२१ मत ल्याउदा गठबन्धनका उम्मेदवार देउमान थेवेले ११०४६ मत प्राप्त गरेका छन् । प्रदेश तर्फ खनाल ४०९६ र गठबन्धनका उम्मेदवार झलकसिंह दर्लामीले ३७७३ मत प्राप्त गर्न सफल भएका छन् । यस्तै, प्रदेश तर्फ राप्रपाका उम्मेदवार सिटौलाले ४२०७ र गठबन्धनका उम्मेदवार एकराज उप्रेतीले २८३५ मत प्राप्त गरेका छन् ।

झापा ५ मा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मतान्तर बनाएका छन् । सो क्षेत्रमा प्रदेशका दुवै उम्मेदवार गठबन्धनका उम्मेदवारभन्दा अघि छन् । ओली ३० हजार २०८ मत सहित अगाडि छन् । गठबन्धनका उम्मेदवार खगेन्द्र अधिकारीले १५९७० मत ल्याएका छन् ।

प्रदेश तर्फ हिक्मत कार्कीले ४७१७ मत ल्याउदा गठबन्धनका उम्मेदवार जीवन राईले ४४७६ मत प्राप्त गरेका छन् । यस्तै, होम बहादुर थापा ६६२२ मतसहित र अगाडि छन् भने गठबन्धनका उम्मेदवार गगन पुरी ४८३५ मतसहित दोस्रो स्थानमा छन् ।
आज विहान ९ः३० बजेसम्मको परिणाम अनुसार झापामा एमाले १०, कांग्रेस २ र राप्रपाले ३ सिट जित्ने पक्कापक्की भएको छ ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]