जेष्ठ ६, २०८१ आईतबार

झापा २ : स्वतन्त्रमध्ये कसले कति मत पाए ?

बिर्तामोड । झापा क्षेत्र नं. २ मा पाँच जना स्वतन्त्रमध्ये भद्रप्रसाद नेपालले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । अहिलेसम्मको नतिजा अनुसार उनी दोस्रो स्थानमा छन् । एमालेका उम्मेदवार देवराज घिमिरेलाई पछ्याइरहेका नेपालले गठबन्धनका उम्मेदवार हरिकुमार रानालाई तेस्रो बनाएका छन् ।

संगठन र जनमतका हिसावले झापा २ मा दोस्रो हुनुपर्ने गठबन्धन तेस्रो भएपछि गठबन्धनभित्र एकअर्कालाई आरोपप्रत्यारोप सुरु भएको छ । नेपाली कांग्रेसमा उम्मेदवारको विषयले सुरु देखि नै विवाद थियो । एमाले छाडेको एक रातमा माओवादीबाट उम्मेदवार बनेका रानालाई कांग्रेसभित्रका असन्तुष्टहरुले मतदान नगरेको आरोप लागेको छ ।

यता, एमालेभित्र पनि आफ्नो मत काटिएको भन्दै वडागत नेताहरुलाई कारवाही गर्नेसम्मका चेतावनीहरु पोख्न थालिएको छ । एमालेका केहि विद्रोही र गठबन्धनमा कांग्रेसी विद्रा्रेहीहरुको मत पाएका स्वतन्त्र उम्मेदवार नेपालले विना मुद्धा अनपेक्षित मत ल्याएको दलका नेताहरु बताउँछन् । स्वतन्त्र उम्मेदवारहरु भने नयाँलाई अवसर दिनुपर्छ भन्दै मैदानमा आएका थिए ।

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका बिर्तामोड उधोग वाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष कुमार भट्टराई आज विहान १० बजेसम्मको परिणाम अनुसार ११९, खेमराज दाहाल १३, चेतकुमार खनाल ५७, राजकुमार तामाङ लामाले १०४ मत प्राप्त गरेका छन् । १७ हजार ५९७ मत सहित भद्रप्रसाद नेपाल दोस्रो स्थानमा छन् भने १९१८९ मत सहित एमालेका उम्मेदवार देवराज घिमिरे पहिलो स्थानमा छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ११ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]