ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित
काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् ।