जेष्ठ १, २०८१ मंगलबार

झापा १ बाट विश्वप्रकाश शर्मा निर्वाचित

मेचीनगर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् । उनी तेस्रो पटकमा सांसद बनेका छन् ।

शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत पाएका छन् । निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । अहिले राति ७ बजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले घोषणा गर्नेछ ।
शर्मा २०७० सालमा रविन कोइराला र २०७४ सालको चुनावमा राम कार्कीसँग यही क्षेत्रबाट पराजित भएका थिए । तेस्रो पटकको निर्वाचनमा शर्माले जीत निकालेका हुन् ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]