जेष्ठ १, २०८१ मंगलबार

मतदातालाई धन्यवाद दिन ओली भोलि झापा आउने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृहजिल्ला झापा आउने भएका छन् । झापा क्षेत्र नं. ५ बाट भारी मतान्तरसहित विजयी बनेका ओली निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्न, मतदातालाई धन्यवाद दिन र विजय जुलुसमा सहभागी हुन त्यसतर्फ आउन लागेका हुन् ।

अध्यक्ष ओली वुधबार विहान ११ बजे भद्रपुर विमानस्थल हुँदै दमक आउने कार्यक्रम रहेको छ । ओलीले सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मत अन्तरले पराजित गरेका हुन् । ओलीले ५२ हजार ३१५ मत हासिल गर्दा अधिकारीले २३ हजार ७४१ मत पाएका छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]