बैशाख ७, २०८१ शुक्रबार

आम मतदातालाई निराश होइन, उत्साहित हुने गरि काम गर्नेछौं : घिमिरे

बिर्तामोड । झापा २ मा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेले जनताका बिचमा गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने बताएका छन् । मतदातालाई धन्यवाद दिदैं उनले कठिन परिस्थितिमा समेत एमालेलाई विजयी गराएकोमा आफुले गरेका बाचा पुरा गर्ने बताए ।

बुधबार साँझ विजयी घोषणा भएका घिमिरे, प्रदेशमा निर्वाचित एकराज कार्की र चिन्तन पाठकसहित बिहीबार आयोजित विजय ¥यालीमा मतदातालाई धन्यवाद दिदैं विगतका कमजोरी सच्याउदै आगामी दिनमा जनताको आकांक्षा अनुसार काम गर्दै जाने उनको भनाई थियो । सुखानी शहिदहरुलाई माल्यार्पण गरेर सुरु गरिएको विजयी ¥याली झापा २ का सबै भूगोल पुगेर बिर्तामोडमा कोणसभा गरिएको थियो ।

कोणसभामा झापा २ को विकासका लागि आफुहरुलाई निर्वाचित गराएकोमा मतदातालाई धन्यवाद दिए । घिमिरेले यस क्षेत्रको विकासमा आम नागरिकको सूझावका आधारमा अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । मतदातालाई निराश होइन, उत्साहित हुने गरि काम गर्नेछु – घिमिरेले भने, ‘नेकपा एमालेलाई विजयी गराएकोमा पछुताउनुपर्ने छैन । गौरव गर्ने बनाउनेछौं ।’

उनले भने, अधुरा विकासका काम पुरा गर्दै आगामी योजनाका बारेमा जनताका बिचमा सल्लाह गरेर काम गर्नेछु ।
झापा २ मा जनताले गठबन्धनलाई अस्वीकार गरेकोप्रति खुशी प्रकट गरेका छन् । गठबन्धन राष्ट्रको हितमा छैन भन्ने जनताले बुझ्नुभयो । म त्यसमा झनै खुशी छु ।

सुखानीपछि शनिश्चरे भेला भएको र्याली बुधबारे, होक्से, खुदुनाबारी, लक्ष्मीपुर, घैलाडुब्बा, चारपाने, बिर्ताबजार, गरामनी, देउनिया, बुट्टाबारी हुँदै बिर्तामोड आएको थियो । निर्वाचित उम्मेदवारहरुलाई सडकभरी माला पहिराउदै आशिर्वाद दिनेहरुको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]