बैशाख २१, २०८१ शुक्रबार

विश्वकप : आज चार खेल

बिर्तामोड । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक–एक खेल खेलिसकेका छन् ।

आज समूह ए र समूह बीका दुई–दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका थिए ।

आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ ।

आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इंग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ ।

यस्तै समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग आफ्नो दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ७ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । कतार उद्घाटन खेलमा इक्वेडरसँग र सेनेगल नेदरल्याण्ड्ससँग समान २–० ले पराजित भएका थिए । त्यसैले दुवै टोली पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

समूह ए कै नेदरल्याण्ड्स र इक्वेडर लगातार दोस्रो जितको लक्ष्यसहित राति पौने १० बजे प्रतिस्पर्धामा उत्रिनेछन् । यो खेल खालिफा इन्टरनेसनल स्टेडियममा हुनेछ । नेदरल्याण्ड्स र इक्वेडर दुवैले पहिलो खेलमा क्लिनसिट राख्दै जित निकालेका थिए । दुवै टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ ।

यसैगरी मध्यराति पौने १ बजे इंग्ल्याण्डले अमेरिकासँग खेल्दैछ । यो खेल अल बायत स्टेडियममा हुनेछ । इंग्ल्याण्डले पहिलो खेलमा इरान विरुद्ध ६–२ को जित निकालेको थियो । उता अमेरिकाले भने पेनाल्टीमा गोल व्यहोरेपछि वेल्ससँग अंक बाँडेको थियो ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]