बैशाख २६, २०८१ बुधबार

झापामा माओवादीका पाँच उम्मेद्वार : पाँचै जना पराजित

झापा । हालै सम्पन्न निर्वाचनमा माओवादी केन्द्रबाट झापामा पाँच जनाले उम्मेदवारी दिएका थिए । एक जना प्रतिनिधिसभा र चार जनाले प्रदेशसभामा उम्मेदवारी दिए । गठबन्धनबाट उम्मेदवार बनेका पाँचै जना पराजित भएका छन् ।

झापा १ मा प्रदेश उम्मेदवार बनेका श्यामविर लिम्बुलाई राप्रपाकी उम्मेदवार सविना बजगाईले पराजित गरेकी छन् । लिम्बुले १२ हजार २ सय २५ मत ल्याउँदा बजगाई १३ हजार ६१२ मतसहित निर्वाचित भइन् ।

यस्तै, झापा २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरि राना तेस्रो बने । उनले स्वतन्त्र उम्मेदवार स्वतन्त्र नेपाललाई समेत जित्न सकेनन् । रानाले १३ हजार ९ सय २४ मत प्राप्त गर्दै तेस्रो भए । यस क्षेत्रमा एमालेका उम्मेदवार देवराज घिमिरे २८ हजार ६ सय ९७ मत ल्याउँदै विजयी बनेका छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपाल २६ हजार ४ सय ४१ मतसहित दोस्रो बने ।

झापा ३(२) मा उम्मेदवार बनेका माओवादी केन्द्रका पूर्णसिंह राजवंशी एमालेका उम्मेदवार छवि चुडालसँग पराजित भएका छन् । राजवंशीले १३ हजार ८ सय ३३ मत ल्याएर उपविजेता बनेका छन् । चुडाल १९ हजार ८ सय ७५ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

यस्तै, क्षेत्र नं. ४(१) मा माओवादीका प्रदेशसभा सदस्यका उम्मेदवार झलकसिंह दर्लामी पराजित भएका छन् । प्रदेशका कृषि मन्त्री भएका दर्लामीलाई एमालेका राधाकृष्ण खनालले पराजित गरेका हुन् । खनालले १३ हजार ९ सय ५१ मत र दर्लामीले १२ हजार ३ सय ७३ मत प्राप्त गरे ।

झापा ५ (२) बाट उम्मेदवार बनेका माओवादीका रेवतीराज पुरी (गगन) एमालेका उम्मेदवार होमबहादुर थापासँग पराजित भएका छन् । थापाले २४ हजार १ सय २९ प्राप्त गर्दै विजयी बनेका छन् भने गगनले १७ हजार ३ सय १५ मत प्राप्त गर्दै उपविजेता बनेका छन् । गगन यसअघि सुवास नेम्वाङ, दमकको मेयरमा रोमनाथ ओली र यो निर्वाचनमा होम बहादुर थापासँग गरेर तेस्रो पटक पराजित भएका छन् ।

झापामा नेकपा एमालेले प्रतिनिधिसभामा ३ सहित ९ सिट जितेको छ । कांग्रेसले प्रतिनिधिसभामा १ सहित ३ सिट र राप्रपाले पनि प्रतिनिधिसभा १ सहित ३ सिट जितेको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]