बैशाख २६, २०८१ बुधबार

इलाममा झलनाथ पछाडि, सुवास नेम्वाङ अगाडि

इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्।

रोकिएर बिहीबार बेलुकीदेखि सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ मत पाउँदा खनालले ९ हजार ८ सय ४८ मत ल्‍याएका छन् ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको छ ।

यस्तै इलामको क्षेत्र नम्बर २ मा संविधानसभा अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन् ।

यो समाचार तयार पार्दासम्म नेम्बाङले १९ हजार ११२ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले १७ हजार ४१० मत पाएका छन् । यस क्षेत्रमा दुई स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  १ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]