बैशाख १६, २०८१ आईतबार

झापा २ का २८ उम्मेदवार : कसको पक्षमा कति मतदाता ?

बिर्तामोड । झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य लागि १८ जना चुनावी मैदानमा उत्रिए । यस क्षेत्रबाट एमालेका उम्मेदवार देवराज घिमिरे २८ हजार ७ सय १६ मत सहित निर्वाचित भएका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले सहजै जीत निकाल्न दिएनन् । नेपालले २६ हजार हजार ४ सय ५५ मत ल्याउन सफल भए । स्वतन्त्र उम्मेदवार नेपालले ल्याएको मत अनपेक्षित भएको चर्चा छ । उनलाई गठबन्धनभित्रबाटै सहयोग भएको आँकलन गरिएको छ । गठबन्धनमा एमाले परित्याग गरेको १२ घण्टामा माओवादी प्रवेश गरेका हरि रानालाई उम्मेदवार बनाइएको थियो । रानाले तेस्रो हुने गरि मत ल्याए । उनलाई १३ हजार ९ सय ३० मत प्राप्त भयो ।

झापा २ मा उम्मेदवार बनेका १८ जनामा ५० नकटाउने समेत रहेका छन् । दुई जना उम्मेदवारले ५० नकटाएको निर्वाचन कार्यालयले दिएको विवरणमा उल्लेख छ । नेपाल मजुदर किसान पार्टीका उम्मेदवार महेन्द्र खायमलीले १४ र स्वतन्त्र उम्मेदवार खेमराज दाहालले २० मत प्राप्त गरे ।

यस्तै, जसपाको उम्मेदवार रामसुफल कामती १३३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार त्रिनारायण राजवंशी ४२८, नेपालका लागि नेपाली पार्टीका उम्मेदवार ज्ञानेन्द्रराज कार्कीले १०६, नेपाल विवेकशिल पार्टीका उम्मेदवार सन्तोष घिमिरे २५२, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार अंकल बहादुर तामाङ ६८४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार रेश्मा चेम्जोङ ७६२, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगर २८८, कांग्रेस विपीका उम्मेदवार नारायण भारती ४४६, जनसमाजवादी पार्टी नेपालका उम्मेदवार कृष्णप्रसाद गौतम ९९, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्रप्रसाद गिरी ८७८१, स्वतन्त्र उम्मेदवार कुमार भट्टराई २४४, चेतकुमार खनाल ८० र राजकुमार तामाङ लामाले २८३ मत प्राप्त गरेका छन् ।

प्रदेशमा २(१) मा कसको कति मत
झापा २(१) मा एमालेका एकराज कार्की निर्वाचित भए । कार्कीले १८७५८ मतसहित विजयी भए । यो क्षेत्रमा संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चका उम्मेदवार भिप्रसाद शेर्मा २४५३, नेकपा एसका पुष्पराज पोखरेल ६११०, मौलिक जरोकिलो पार्टीका उम्मेदवार रोमादेवि निरौला घिमिरे ३७२, हाम्रो नेपाली पार्टीका उम्मेदवार भक्तबहादुर भुजल ३२४६, नेकपा (माले) का उम्मेदवार दुर्गा प्रसाद दाहाल १५९५, मंगोल नेशलन अर्गनाइजेशनका उम्मेदवार देवनारायण धिमाल ७४९, नेपाली कांग्रेस विपीका उम्मेदवार कमल सिटौला ११४५ र स्वतन्त्र उम्मेदवार राजु प्रसाईले ५६९ मत पाएका छन् ।

झापा २(२) मा एमालेका उम्मेदवार तिलचन पाठक (चिन्तन) निर्वाचित भए । पाठकले २०२०० मत पाए । नेपाली कांग्रेसका उम्मेद्वार खगेन्द्र मैनालीले १६३५९ मत पाउँदै उपविजेता बने ।

यो क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर भुजेल २४५५, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शिवप्रसाद आचार्य २११, नेकपा मालेका उम्मेदवार बाबुराम पौडेल १०५१, मंगोल नेशलन अर्गनाइजेशन मंगलसिंह लिम्बु ९५०, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सन्तकुमार तामाङ १४०, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार विजय इङनाम लिम्बु ८१३, नेपाली कांग्रेस विपीका उम्मेदवार रमेश कार्की ९२५ र स्वतन्त्र उम्मेदवार अनिरुद्र तिम्सिना २६१७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]