बैशाख १७, २०८१ सोमबार

प्रमाणपत्र बुझ्दै घिमिरेले भने – मतदातालाई धोका दिन्न

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरिएको छ । झापा २ को निर्वाचन अधिकृतको कार्यालय अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार देवराज घिमिरे, एकराज कार्की र तिलचन पाठक निर्वाचित भएका थिए । उनीहरुलाई निर्वाचन अधिकृत केशवप्रसाद पन्तले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । निर्वाचन अधिकृत पन्तले प्रमाणपत्र प्रदान गर्दै शुभकामना व्यक्त गरेका छन् ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै प्रतिनिधिसभा सदस्य घिमिरे आम मतदाताको विश्वासमा कुनै धोका नहुने बताएका छन् । उनले आम मतदाताका बिचमा इमान्दार र प्रतिवद्ध भएर काम गर्ने बताए । घिमिरेले भने, निर्वाचनको पूर्व सन्ध्यामा गरिएका बाचा पाँच वर्षभित्र पुरा गरेर देखाउनेछु । मतदातालाई उनले आशा, भरोसामा कुनै शंका नगर्न आग्रह गरेका छन् ।
घिमिरेले झापा २ का मतदाताले गौरव गर्ने गरि काम गरेर देखाउने भनाई राखेका छन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा घिमिरे निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाएकोमा कर्मचारी, सुरक्षा निकाय सबैलाई धन्यावद दिएका छन् ।

प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]