चैत्र १५, २०८० बिहीबार

माओवादी सच्चियोस्

सम्पादकीय
एक बेला माओवादी नै मुलुक निर्माणको उत्तम विकल्पका रुपमा जनताले स्वीकार गरेका थिए । जनयुद्धपछि मुलुकमा आएका केहि सामाजिक परिवर्तन प्रति जनातको साथ सहयोग नै थियो । संसदीय व्यवस्था नै गलत भन्ने माओवादी ०६४ को निर्वाचनमा पहिलो पार्टी बन्यो । पुराना राजनीतिक दलहरुको विकल्पमा जनताले माओवादीलाई पत्याए । जनताको अभिमतबाटै माओवादी महिलो पार्टी बन्न पुग्यो । तर, माओवादीले पहिलो शक्तिका रुपमा भएको उदयलाई जोगाइरहन सकेन ।

२०६४ को निर्वाचनपछि लगातार ओरालो लागेको माओवादी निर्णायक शक्तिका रुपमा स्थापित भयो । सत्तामा आफ्नो उपस्थिति जनाउन माओवादीले अनुकुलताका आधारमा गरेको निर्णायक भूमिका प्रति जनताको साथ रहिरहन सकेन । ०७९ को आम निर्वाचनसम्म आइपुग्दा माओवादी स्वतन्त्र उम्मेदवारहरुसँग समेत प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा आइपुगेको छ । १५ वर्षमा माओवादी यति कमजोर हुने प्रक्षेपण थिए । माओवादी झनै शक्तिशाली बन्ने अपेक्षा विस्तारै तुहिएको छ ।

नेकपा एमालेसँग पार्टी एकता गरेर माओवादी समेत नेकपामा रुपान्तरिक भयो । तर, शक्तिको भोकले माओवादीलाई फेरि नेकपाबाट छुट्यायो । कम्युनिष्ट पार्टीको एकताबाट अघि बढ्यो योजना अन्ततः माओवादीले सफल हुन दिएन । मुलुकको समृद्धि र विकास भन्दा पनि माओवादी निरन्तर सत्ताको मोहमा जकडियो । राष्ट्र र राष्ट्रियता भन्दा पनि सधैं सत्ताको खेलमा माओवादीले आफ्नो भूमिका देखायो । जसका कारण यो निर्वाचनमा मतदाताले सत्ताको खेल बन्द गर्ने गरि विफल बनाइदिएका छन् । माओवादी सच्चिनै पर्छ । विचार, सिद्धान्त नमिल्ने नेपाली कांग्रेससँग सत्ता बार्गेनिङका लागि गरिएको गठबन्धन बेक्कार र अनुत्पादक छ । यसले केहि नेतालाई प्रतिफल देला । तर, जनता र राष्ट्रले केहि पाउने छैन । बेलैमा माओवादी सहित बाटोमा अघि बढोस् ।

प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]