बैशाख ६, २०८१ बिहीबार

यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी

बिर्तामोड । यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश–१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश–१ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाउनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाउनुभयो । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रदेश–१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीन-तीन विकेट लिनुभयो भने सन्देश भट्टराईले २ विकेट लिनुभयो । त्यस्तै आशीष मगर र आश्विन महतोले समान १-१ विकेट लिनुभयो ।

जीतसँगै प्रदेश–१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । प्रदेश–१ को चार खेलबाट चार अङ्क भएको छ । पराजित मधेश तीन खेलमा अङ्कविहीन छ ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन् ।

प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]