जेष्ठ ६, २०८१ आईतबार

महिला हिंसा विरुद्धको अभियान

सम्पादकीय
विश्वभर अहिले महिला हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेको छ । ‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान’ नारा रहेको अभियान महिला मात्रैले सञ्चालन गरिरहेका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान एउटा विशेष कार्यक्रम हो । यसलाई सफल बनाउन कि महिला मात्रै सरिक छन्, कि महिला अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्था मात्रै लागेका छन् । विशेष अभियानका रुपमा सञ्चालन गर्दै आएको महिला हिंसा विरुद्धको अभियानको परिणाम उत्साहजक छैन ।

महिला पुरुषबाट धेरै हिंसामा परेका हुन्छन् । धेरै जसो पुरुषबाट हिंसाका घटना हुने भएको हुँदा महिलाहरु मात्रै अभियानमा देखिन्छन् । अभियानका दृष्यले पनि पुरुषहरुबाटै महिलामाथि हिंसा भइरहेको अनुमान गर्न सकिन्छ । किनभने, अभियानमा पुरुषको सहभागिता छैन । महिला हिंसाको अन्त्यका लागि पुरुषको भूमिका प्रभावकारी हुनुपर्छ । हिंसा विरुद्धको अभियानलाई महिला र पुरुषले साझा रुपमा नलिएसम्म समस्या उत्तिकै रहिरहन्छ । पुरुषमाथि भएको हिंसालाई पनि ख्याल नगर्ने भन्ने होइन ।

धेरै जसो घटना परिवारभित्रै छ । परिवारभित्र भएका घटनाहरु बाहिर आउन सकिरहेका छैनन् । अझ, सम्पन्न परिवारभित्र भएका हिंसाका घटना बाहिर ल्याउन पीडित र परिवार चहादैन । जसका कारण हिंसामा परेको व्यक्ति सहन बाध्य भइरहेको हुन्छ । यसैले महिला हिंसाका घटना घर, सार्वजनिक स्थल, कार्यस्थलमा जहाँ भए पनि कानुनी कारवाहीको दायरामा ल्याउन जरुरी छ । पीडितले हिंसामा परेको घटनालाई लुकाएर राखेसम्म हिंसाका घटनामा कमि हुनेछैन । हिंसाबाट मुक्ति पाउनलाई घटना बारिह ल्याउनैपर्छ । र, यो अभियानलाई महिलाभन्दा पुरुषले प्राथमिकता दिएर सञ्चालन गर्नुपर्छ ।

प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]