बैशाख २२, २०८१ शनिबार

बाल क्लब हुँदै जनप्रतिनिधिसम्म

गगन ढकाल

झापा । झापा मेचीनगर नगरपालिका वडा नम्बर -१० निवासी बिशाल कार्कीले बाल क्लबबाट क्रियाशिल हुँदै २२ वर्ष कै उमेरमा स्थानीय तहको नेतृत्वमा पुग्न सफल भएका छन् । कार्की अहिले नगरपरिषद् सदस्यमा निर्वाचित बनेका छन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कार्की जिल्ला कै कान्छो जनप्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।

पुरानो दलहरुले युवालाई वास्ता गरेन भनेर भन्दै गर्दा कार्कीले नेकपा एमालेबाट वडा सदस्यको टिकट पाएर जीत पनि हासिल गरे ।

वि.सं. २०५६ साल पुस १६ गते पिता रत्न बहादुर कार्की र माता इन्द्र कुमारी कार्कीको कान्छो छोराको रुपमा जन्मिएका उनी सानैबाट साममाजिक कार्यमा सक्रिय थिए । इस्ट होराइजन मा.वि.मा कक्षा १० मा पढ्दै गर्दा विद्यालयको बाल क्लबको उपाध्यक्ष बनेका कार्कीले त्यहीबाट आफ्नो सामान्य नेतृत्व विकास गरेको बताउँछन् । उनी भन्छन् ‘त्यहाँबाट मैले कार्यक्रम कसरी बनाउने र त्यसलाई कसरी सफल पार्ने लगायतको काम सिके । पछि यही सिकाइले मलाई काम गर्न सहज बनायो ।’

विद्यालयबाट क्लबमा काम गरेको अनुभव बोकेका कार्कीले विद्यालय सकिने बित्तिकै गाउँको प्रगतिशील बाल क्लबमा आफ्नो प्रभाव पारिहाले । केही समयमै त्यसको नेतृत्व आफूले लिएर गाउँमा सामाजिक कार्यमा झन् सक्रियताका साथ लाग्न थाले । कार्की सो क्लबमा काम गर्दाको अनुभव सुनाउँदै भन्छन् ‘सुरु सुरुमा दाइहरुको सहयोग र सल्लाहबाट काम सिक्ने मौका पाएकाले मलाई आफ्नो नेतृत्वमा काम गर्न सहजै भयो । दाईहरु कै प्रशिक्षणबाट आफूमा हौसला र क्षमताको बिकास भयो ।’

विद्यालयको बाल क्लब र प्रगतिशील बाल क्लबबाट आफ्नो क्षमतालाई अभिबृद्धि गरेका कार्कीले लामो समय प्रगतिशील युवा क्लबको पनि नेतृत्व सम्हाले । कोभिडको समयमा यसै युवा क्लब मार्फत हेल्थ डेक्स राखेर उनले काम गरे ।

बाल्यकालबाटै विभिन्न बाल क्लब र युवा क्लब मार्फत सामाजिक काम गर्दै आएका विशाललाई सानैबाट राजनीतिमा चासो थियो । राजनीतिबाट मात्रै समग्र नगर र देशकै सुधार गर्न सकिने नेता कार्की बताउँछन् । उनी भन्छन् ‘नेताहरुले देश बिगारे मात्रै भनेर हुन्छ त ? सुधार गर्नलाई राजनीतिमा पनि त युवाहरु आउन जरुरी छ नि ।’
नेता कार्की मेची बहुमुखी क्याम्पसमा बिएसी सिएसआइटी चौथो बर्षमा अध्ययनरत छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]