बैशाख २४, २०८१ सोमबार

कतार विश्वकप : नकआउट चरणका दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । फ्रान्स समूह ’डी’ को विजेता र पोल्याण्ड समूह ’सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । इंग्ल्यान्ड समूह ’बी’ को विजेता र सेनेगल समूह ’ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]