बैशाख २४, २०८१ सोमबार

नयाँ सरकारको चिन्ता

सम्पादकीय

आम निर्वाचनको नतिजा आइसकेको छ । हालसम्म सार्वजनिक परिणामले कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गर्न सकेन । बहुमत प्राप्त गर्न नसकेपछि अन्य दलहरु समेतको सहभागिताबाट बहुमत बनाएर सरकारको गठन गर्नुपर्ने देखिन्छ । त्यसका लागि नेपाली कांग्रेस र एमाले जुटिरहेका छन् । नेपाली कांग्रेस वर्तमान सत्ता गठबन्धनलाई नै अघि बढाउने सोचमा छ भने एमाले पनि सत्ता गठबन्धन फुटाएर नयाँ टिम निर्माण गर्ने प्रयासमा देखिन्छ । आम नागरिकलाई नयाँ सरकार कस्तो बन्ला, कसको नेतृत्वका बन्ला भन्ने चिन्ता छ ।

निर्वाचनले नयाँ जनादेश दिएर जान्छ । यो निर्वाचनले पनि नयाँ जनादेश दियो । समग्र निर्वाचनको नतिजाले नयाँ नेतृत्वका लागि जनादेश दिएकोे छ । परिणामले पुराना र दलमा आवद्धहरुलाई नै निर्वाचित गराए पनि मतदाताको मनमा नयाँ उम्मेदवारहरु परे । जसका कारण सम्पन्न निर्वाचनमा केहि उथलपुथल आयो र पुराना नेताहरुलाई समेत चिन्ता थपेर गयो । आगामी निर्वाचनमा दलहरुका लागि नयाँ अनुहार चुनौति बन्ने निश्चित छ । यसैले अहिले बन्ने सरकारको सवालमा जनादेशको पनि ख्याल गर्न आवश्यक छ ।

निर्वाचन पश्चात दलहरु सरकारको दावेदारीमा लागेका छन् । देश विकासको चिन्ता भन्दा दलहरुलाई सरकार बनाउने चिन्ता धेरै छ । तर, यो नयाँ सरकार गठनमा ख्याल गर्नै विषय भनेको नविनतम हो । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै निरन्तरता दिइयो भने कुनै नविनता हुने छैन । नेपाली कांग्रेस होस् वा गठबन्धन होस्, कसैका लागि नविन काम हुने छैन । देशले पनि निर्वाचनको अनुभूति गर्न पाउने छैन । यसैले नयाँ सरकार निर्माणमा देउवाको पुनरागमन हुनुहुदैन । त्यसका लागि अन्य दलहरुले पनि विवेक पुराउन जरुरी छ ।

प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार  ११ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]