बैशाख २५, २०८१ मंगलबार

चिसोको जोखिमबाट बचौं

सम्पादकीय
केहि दिनदेखि तराईका भू–भागमा तापक्रम घट्दै गइरहेको छ । मौसम विभागले हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको बताएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन समेत मौसम विभागले अनुरोध गरेको छ । चिसो बढ्दै गएपछि बालबालिका, वृद्धवृद्धा र रोगी विरामीहरु धेरै प्रमावित हुने गर्छन् । उनीहरुलाई यो मौसममा विशेष ख्याल गर्नुपर्छ । चिसोबाट बच्न घरेलु उपायहरु अपनाउन सकिने भएकाले धेरै आत्तिहाल्नु पदैन ।

चिसोयाममा झोलिलो पदार्थमा जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दूध, कालो चिया, कागती चिया, कफी तथा केही मात्रामा दूध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा बाफ लिने गर्न सकेमा चिसोबाट केही मात्रामा सुरक्षित हुन सकिन्छ । झोलिलो पदार्थको सेवन अधिक मात्रामा गरेसँगै न्यानो कपडा लगाउने गर्नुपर्छ । यस्तै आगो ताप्ने, तेल मसाज गर्ने, बालबालिकालाई तेल मसाज गरिदिने गर्दा पनि चिसोबाट बच्न सकिन्छ । चिकित्सकहरुका अनुसार चिसोको जोखिमबाट सुरक्षित भएमा ठुलो असर गदैन ।

चिसोयामम मर्निङ वाक नगर्दा नै उत्तम हुन्छ । समस्या परेमा स्वास्थ्य जाँच गराउने र न्यानो कपडा फेरि–फेरि लगाउनुपर्छ । बालबालिका, वृद्ध वृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । एक छिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ । यसर्थ न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ । चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरु देखापर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ । बालबालिकासँगै बुढाबुढी अर्थात वृद्धवृद्धाको पनि चिसोको समयमा धेरै ख्याल गर्नुपर्छ । चिसोको समयमा वृद्धवृद्धाको दम बढ्ने, श्वासप्रश्वासमा समस्या हुने हुँदा औषधि उपचार गर्ने र निरन्तर चिकित्सकको परामर्श लिने गर्नुपर्दछ ।

प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]