बैशाख १४, २०८१ शुक्रबार

एमालले बुझायो ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची

झापा । नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले प्रदेशसभाका लागि ७० समानुपातिक सांसदको नामवली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । प्रदेश नंं १ मा १५, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णालीमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात प्रदेशसभा सदस्यमा एमाले पाएको मतका आधारमा पार्टीले प्राप्त गरेको छ ।

उहाँका अनुसार प्रदेश नं १ मा महिलातर्फ शिलादिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य र गीतादेवी रेग्मी रहनुभएको छ । आदिवासी जनजाति महिलातर्फ सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, मालतीकुमारी लिम्बु सिर्जना राई, र लहुरमय जिमी याक्खा दलिततर्फ कमला दर्नाल, मधेसीतर्फ गीतारानी महतो र मुस्लिमतर्फ नुरसदी वेगम, तथा आदिवासी जनजाति पुरुषतर्फ नम्मरलाल धिमाल र थारुमा ललिताकुमारी चौधरी रहनुभएको छ ।

पार्टीले सात महिला र एक पुरुषलाई मधेश प्रदेशमा पठाउने निर्णय गरेको छ । यस प्रदेशमा आदिवासी जनजातितर्फ मञ्जुकुमारी थापा, दलितमा पलटीदेवी महरा, मधेशीतर्फ पलटीदेवी यादव, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव र पुरुषतर्फ जयचन्द्रप्रसाद पटेल र मुस्लिमतर्फ नाजिमा खातुनलाई पठाउने निर्णय गरेको हो ।

बागमती प्रदेशबाट एमालेले प्राप्त गरेको मतका आधारमा १४ प्रदेशसभा सदस्यको नाम आयोगमा पठाएको छ । एमालेले नौ पुरुष र पाँच महिलालाई प्रदेशसभामा निर्वाचित गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख गुरुङका अनुसार महिलातर्फ भारतीकुमारी पाठक, अप्सरा चापागाईं, मायाकुमारी कार्की तथा पुरुषतर्फ डा दिनेशचन्द्र देवकोटा र हरिप्रसाद सापकोटाको नाम आयोगमा पठाएको छ । त्यसैगरी आदिवासी जनजातितर्फ विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी र उर्मिला सुनार तथा पुरुषतर्फ आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ र ठूला थामी तथा दलितबाट बालकुमारी विश्वकर्मा रहनुभएको छ ।

एमालेले गण्डकी प्रदेशबाट १० जनालाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ । खसआर्यतर्फ यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, आदिवासी जनजातितर्फ विनाकुमारी थापा, निर्मला थापा, राजकुमारी भुजेल र लिलाबहादुर थापा तथा दलिततर्फ नन्दकला दमाइ र गोविन्दबहादुर नेपाली रहनुभएको पार्टी प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी प्रदेशबाट जानकी न्यौपाने, बसन्ती न्यौपाने र गिरिधारीलाल न्यौपाने र आदिवासी जनजातिबाट सरिता पुन र यमुना रोका रहनुभएको छ । थारुतर्फबाट सीता चौधरी र भगवतीकुमारी थरुनी, दलितबाट इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, मधेसीतर्फ शान्ति लोहर र मुस्लिमबाट सायरा वानुको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, दलिततर्फ गन्त विक र आदिवासी जनजातितर्फ नन्दा गुरुङलाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्न सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशका लागि सन्तोषीकुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, दलितबाट हिरा सार्की र थारुतर्फबाट कोइलीदेवी चौधरीलाई प्रदेशसभा सदस्यमा पठाएको छ ।

निर्वाचन आयोगले बनाएको मापदण्डअनुसार नै प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि आयोगलाई सिफारिस गरेको प्रमुख गुरुङले बताउनुभयो । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा धारणा प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]