जेष्ठ ६, २०८१ आईतबार

झापाको दश पालिकामा सहाराको विश्वास परियोजना

उपेक्षित रोग, मातृ शिशु स्याहार र अपांगता भएका व्यक्तिहरुको निमित्त

बिर्तामोड । सहारा नेपालले झापा र मोरङमा स्वास्थ्य अधिकारको क्षेत्रमा विश्वास परियोजना सञ्चालन गरेको छ । उपेक्षित रोग, मातृ शिशु स्याहार र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य सुधारका लागि परियोजना सञ्चालन गरिएको हो ।

शनिवार सहारा नेपालको केन्द्रीय कार्यालय चारपानेमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा विश्वास परियोजनाका बारेमा जानकारी दिइएको थियो । गत वर्षदेखि शुरु भएको परियोजना झापाका १० वटा पालिकामा सञ्चालनमा छ ।

फेयरमेड फाउण्डेशनको सहयोगमा सञ्चालित परियोजनाका बारेमा जानकारी दिदैं सहाराका कार्यक्रम अधिकृत मातृका सुवेदीले सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरी बनाउन सहयोग गर्ने जानकारी दिए । उनका अनुसार सहारा मार्फत दुई जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

विभिन्न स्वास्थ्य समस्यामध्ये पनि ख्याल नगरिएको उपेक्षित रोगको बारेमा सचेतना जगाउने परियोजनाको उद्देश्य रहेको छ । पालिकाहरुमा अभिमुखिकरण सञ्चालन गर्दै जोखिमका क्षेत्र पहिचान गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य व्यवस्थापन समितिहरुको क्षमता वृृद्धि गर्ने, सबै नागरिकको स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने, छाला शिविर गर्ने, वर्थिङ सेन्टरमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्दै सेवालाई गुणस्तर बनाउने सुवेदीको भनाई छ ।

अन्तरक्रियामा विश्वास परियोजना बारे जानकारी दिदैं विपन्न परिवारको स्वास्थ्य सेवामा सहयोग गर्ने बताइएको छ । परियोजनाले कृष्ठरोगीको नियमित भेटघाट, रेखदेख, मिलिजुली समूह गठन, आर्यआर्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै अपांगता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण गर्ने बुझिएको छ ।

प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]