जेष्ठ ६, २०८१ आईतबार

धानको समर्थन मुल्य कार्यान्वयनको माग गर्दै बिर्तामोडको खाद्यमा तालावन्दी

बिर्तामोड । सरकारले तोकेको धानको समर्थन मुल्य कार्यान्वयनको माग गर्दै किसानले बिर्तामोडस्थित खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडको शाखा कार्यालयमा तादावन्दी गरेका छन् । प्रहरीको हस्तक्षेपका बिच किसानहरुले तालावन्दी गरेका हुन् ।

सरकारले तोकेको मुल्यमा धान खरिद नभइरहेको भन्दै उनीहरुले तत्काल समर्थन मुल्यमा धान खरिद गर्नुपर्ने माग गरेका हुन् । अखिल नेपाल किसान महासंघ झापा र नेपाल किसान महासंघले संयुक्त रुपका तालावन्दी गरेको छन् ।

अखिल नेपाल किसान महासंघका राष्ट्रिय समिति उपाध्यक्ष बेनु शिवाकोटीले व्यापारीले मनपरी मुल्यमा किसानबाट धान खरिद गरिरहेको जानकारी दिए । किसानको दवावका कारण सरकारले मुल्य निर्धारण गरेको छ, शिवाकोटीले भने – अहिले खाद्यले धान खरिद गरेको छैन, व्यापारीले तोकिएको मुल्य दिइरहेका छैनन् ।

सरकारले मोटा धान प्रति मन ११८६ र मध्यम धान १२५१ रुपैयाँ तोकेको छ । व्यापारीहरुले आफुखुशी ९ सय देखि १ हजारसम्म प्रतिमनमा धान खरिद गरिरहेका छन् । जिल्लाभरबाट प्रतिनिधिमुलक सहभागी भएका किसानलाई प्रहरीले तालावन्दी गर्न रोकेको थियो ।

प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार  १ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]