जेष्ठ ६, २०८१ आईतबार

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

बिर्तामोड । निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताउनु भएको छ । आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।

प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]