चैत्र ८, २०७९ बुधबार

समानुपातिक उम्मेदवारको नाम आज ४ बजेसम्म सच्याउन पाइने

झापा । दलले समानुपातिक उम्मेदवारको नाम आज अपराह्नसम्म सच्याउन सक्ने छन् । निर्वाचन आयोगले दलहरूलाई क्लस्टर मिलाएर नाम सच्याउन आज अपराह्न ४ बजेसम्मको समय दिएको छ ।

यसअघि आयोगले आइतबार समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समय दिएर दलहरूलाई पत्राचार गरेको थियो । आयोगका अनुसार सोमबार अपराह्न ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ ।

प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न आयोगले २४ मंसिर ४ बजेसम्म समय दिएको थियो । तर, कतिपय दलले पेस गरेको सूचीमा समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेका थिए । नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

आयोगले २२ मंसिरमा थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।

प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास