बैशाख ११, २०८१ मंगलबार

अनेरास्ववियुको नजरमा शहिद लक्ष्मी पाण्डे

नारायण पोखरेल

आज शहिद लक्ष्मी पाण्डेको स्मृति दिवस । हरेक वर्ष मंसिर २७ गते उनको स्मृतिमा अनेरास्ववियुले विविध कार्यक्रम गर्दै सम्झने गरेको छ ।

शहिद लक्ष्मी पाण्डेको जन्म ताप्लेजुङ जिल्लामा २०२२ साल पौष १९ गते माता माया देबि पाण्डे र पिता खड्ग प्रसाद पाण्डेको कोखबाट भएको थियो । ०३५ सालमा पारिवारिक कारण सपरिवार झापा बसाइँसराई आएका थिए । पाण्डे परिवार झापाको तत्कालीन बनियानी ६ मा बसोबास गर्थे । सानै उमेरबाट साहसी र निडर पाण्डे समाजमा भएका बेथिती विरुद्ध खुलेर बोल्थे । विद्यार्थी हुँदा देखिनै पार्टी काममा लागेका पाण्डे अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य रहेर विद्यार्थीहरुलाई न्यायको निम्ति आवज उठाउन प्रेरित गर्ने गर्थे । उनले सदाहत प्राप्त गर्दा कक्षा ९ मा अध्यनरत थिए । ०४४ सालमा भारतको मेघालयमा लामो समय देखी बस्दै आएका नेपालीभाषीहरुमाथि हमला भएको थियो । त्यस बेला नेपालका राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाइएको थियोे ।

उक्त समय नेपालीभाषीहरुमाथि भएको ज्यादति विरुद्धमा प्रगतिशील विचारधाराहरु राख्दै खास गरी विद्यार्थीहरुले नेपालीभाषीको पक्षमा झापामा जिल्ला व्यापापी आन्दोलनको घोषणा गरेका थिए । उक्त आन्दोलनलाई असफल बनाउन तत्कालिन शासकले पूर्व पश्चिम दुबै तिर रोकेर सुरुङ्गमा हुन लागेको कार्यक्रम अवरोध गरे । कार्यक्रम सफल पार्न आएका जनताहरुले कन्काई पुल नजिकै सभाको तयारी गरे । उक्त कार्यक्रमबाट फर्कने क्रममा प्रहरीले महिलाहरुमाथि दुव्र्यवहार गर्दा लक्ष्मी पाण्डेले प्रतिकार गरे ।

पाण्डेले महिलामाथिको दुव्र्यवहार नगर्न प्रहरीलाई अनुरोध गर्दा प्रहरी नरोकिएपछि पाण्डेले प्रतिकार गरेका थिए । त्यसबेला प्रहरीबाट गोली प्रहार भयो । त्यहि गोलीले पाण्डे सधैंका लागि हामी विदा भएका थिए । उक्त भुमिलाई रातो रगतले सिन्चित गर्दै भौतिक रुपमा विदा भएका थिए ।

शहिद लक्ष्मी पाण्डे भौतिक रुपमा हामी माझ नभएपनि सधैं हाम्रा लागि सम्मानित रहेका छन् । आज उनको ३५ औं स्मृति दिवस मनाइरहँदा त्यो दिन स्मरण गर्न चहान्छौं । आज पनि हाम्रो समाजमा महिलामाथि त्यसै प्रकार दुव्र्यवहारका घटना हुदै त छैनन् ? आज पनि नेपाली भाषीमाथि हमला भइरहेको त छैन ? हाम्रा सीमाहरुमा कसैको गिद्दे नजर लागेको छैन ? अब गम्भीर भएर सोच्ने दिन आएको छ । तब मात्र शहिद लक्ष्मी पाण्डेको सपना पुरा हुनेछ ।

(लेखक अनेरास्ववियु झापाका सचिव हुन् ।)

प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]