बैशाख १६, २०८१ आईतबार

विश्वकपका बाँकी खेल निःशुल्क हेर्न पाइने

बिर्तामोड । विश्वकप फुटवल अबको खेल निःशुल्क हेर्न पाइने भएको छ । विश्वकप फुटबल २०२२ को अब तीनवटा खेल मात्र बाँकी छन् । दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासंघ (फिफा)को नीतिअनुसार नेपालमा पनि निःशुल्क देखाइन लागेको हो ।

विश्वकप २०२२ का खेल हेर्न नेपालमा ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो । तर फिफाको नियमअनुसार नै उद्घाटन खेल र अन्तिम ३ खेल निःशुल्क देखाउनुपर्ने व्यस्था छ ।

सोहीअनुसार अब अतिरिक्त शुल्क नतिरेकाले पनि विश्वकप फुटबल हेर्न पाउने भएका हुन् । नेपालका लागि प्रसारण अधिकार मिडिया हबले पाएको छ । जसले हिमालयन टेलिभिजनको सहयोगमा विश्वकप देखाइरहेको छ । अबको खेल सित्तैमा हिमालय एचडी टीभीबाटै हेर्न पाइने जानकारी मिडियाहबले दिएको छ ।

यसअघि हिमालयन प्रिमियम नामक नयाँ नेटवर्क तयार गरिएको थियो । यस नेटवर्कबाट पनि आउने र हिमालयन टेलिभिजनको नियमित प्रसारणबाट समेत अबको खेल प्रसारण हुने मिडियाहबको भनाइ छ ।

प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]