जेष्ठ ६, २०८१ आईतबार

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

राजविराज । सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा मलसहित नियन्त्रणमा लिएको हो ।

उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा लुकाइछिपाइ भण्डारण गरी बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसलमा नेपाल सरकारबाट अनुदानित रासायनिक मल अङ्कित खेती शक्ति मल लेखिएको ५० किलो युरिया मल र ३५ बोरा मलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दासलाई पक्राउ गरी कालोबजारअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । पहिलोपटक सात दिनको म्याद थपसमेतको अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]