जेष्ठ ५, २०८१ शनिबार

स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर आज बुझाएको ज्ञापनपत्र लिदै उपकुलपति प्राडा बास्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्वाचनका लागि तयार रहन समेत आग्रह गर्दै विद्यार्थी संगठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराउनुभयो ।

अध्यक्ष बरालले विश्वविद्यालय स्ववियुविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]