बैशाख २४, २०८१ सोमबार

सन्थाल समुदायको संरक्षण

सम्पादकीय

बल्लतल्ल सतारबाट सन्थाल उच्चारण हुनुपर्ने बहस प्रारम्भ भएको छ । सतार भन्दा समुदायमा चोट पुग्ने र हेपिएको अनुभूति हुने भएपछि सन्थाल उच्चारण हुनुपर्छ भन्ने बहस चलिरहेको छ । यो अति सिमान्तकृत समुदायबाट सरकारी सेवामा हाकिम नै भएको देख्दा अझै पनि अनौठो अनुभव हुन्छ । अर्थात, नेपाली समाजमा सन्थाल समुदाय सामाजिक, राजनीतिक र आर्थिक रुपमा पिछडिएको छ । सन्थाल समुदायबाट मुलुकको विभिन्न निकायमा प्रतिनिधित्व हुन सकेको छैन । संविधानले सबै नागरिक समान भनेता पनि अझै व्यवहारमा रुपान्तरित हुन सकेको छैन ।

बिर्तामोडको कृषि सामग्री कम्पनीमा मोरङका नारायण टुडु प्रमुख भएर काम गरिरहेको देख्दा सन्थाल समुदाय मात्र होइन, समग्र समाजले नै गौरव महसुस गर्न सकिन्छ । सरकारी सेवामा नारायण टुड बाहेक एकाध व्यक्ति मात्रै उच्च तहमा रहेर काम गरेको पाइन्छ । विश्वदिप बेस्रा सहसचिव रहेर काम गरिरहेका छन् । यहि समुदाय हो, जो भूमिपतिबाट भूमिहीन बनेको । यो समुदायको अधिकारका लागि सन्थाल समुदायभन्दा अन्य समुदाय जुटेको पाइदैन । सन्थाल समुदायलाई हरेक हिसावले समाजमा समान बनाउन सबैको भूमिका हुनुपर्छ ।

छोटो समयमै विधालय छोड्ने र अध्ययनको पाटोलाई विट मार्ने प्रवृत्तिले शिक्षामा ठुलो प्रगति देखिएको छैन । सरकारी सेवा अत्यन्तै न्यून संख्यामा सेवारत भएको अवस्था छ । प्रहरीमा पनि प्रहरी निरिक्षकभन्दा माथि जिम्मेवारी पाएको विवरण भेटिदैन । जीवजन्तुको संरक्षणमा राज्यले ठुलो लगानी गरेको छ । तर, सन्थाल समुदाय जो संस्कृतिले भरिपूर्ण छन्, उनीहरुको संरक्षणमा सरकारी पक्ष उदासिन देखिन्छ । अब, यो समुदायको उत्थानका जीवनलाई माथि उठाउन जिम्मेवार पूर्वक लाग्नुपने देखिन्छ । विशेष गरेर झापा र मोरङमा बसोबास गर्ने ेसन्थाल समुदायको निमित्त समानताका लागि आवाज उठान जरुरी छ ।

प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार  ११ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]