बैशाख १९, २०८१ बुधबार

प्याब्सन मेचीनगरको गायन तथा नृत्य प्रतियोगिता सुरु

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले बुधबार नगरस्तरीय गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरेको छ ।


दुई दिने उक्त प्रतियोगितामा मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नगरका २५ विद्यालयका विद्यार्थी सहभागी भएका छन् ।


बुधबार सहभागी विद्यार्थीले आफ्नो गीत तथा राष्ट्रिय गीतमा विद्यालयका तर्फबाट नृत्य प्रस्तुत गरेका हुन् भने बिहीबार आधुनिक र संस्कृतिक गीतमा विद्यार्थीहरु बीच नृत्य प्रतिस्पर्धा हुने प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले बताए ।


विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सनले प्रतियोगिता आयोजना गर्दै आएको प्याब्सन मेचीनगर कोषाध्यक्ष एवम् झापा नेशनल स्कूलका प्रिन्सिपल कमल भेटवालले जानकारी दिए ।


बुधबार सम्पन्न गायन प्रतियोगितामा सिनियर तर्फ होलीवेल अङ्ग्रेजी माध्यमिक विद्यालय प्रथम भएको छ भने हिमालयन अङ्ग्रेजी माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ साथै पारिजात अङ्ग्रेजी विद्यालयले तेस्रो स्थान हासिल गरेको छ ।
यसै गरी गाउन जुनियर तर्फ पनि होलीवेल विद्यालय नै पहिलो भयो भने दोस्रोमा नर्थ पोइन्ट अङ्ग्रेजी माध्यमिक विद्यालय र तेस्रोमा ताराजुन्ज अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो स्थान सुरक्षित गरेको छ ।


यसै गरी नृत्य तर्फ हिमालयन अङ्ग्रेजी माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्यो भने दोस्रो स्थान होलीवेल विद्यालय र तेस्रो स्थान पारिजात अङ्ग्रेजी विद्यालयले प्राप्त गरेको छ ।


प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा भएको कायक्रमको प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए । नगर प्रमुख बुढाथोकीले शैक्षिक विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले हरेक क्षेत्रको सकारात्मक पहलबाट मात्रै नगर समुन्नत बन्न सक्ने बताए ।


कार्यक्रममा प्याब्सनका प्रदेश सदस्य अजय आले मगर लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्याब्सन जिल्लाका पदाधिकारी एवम् प्रतिनिधि, विभिन्न पालिकाका प्याब्सन अध्यक्ष तथा प्रतिनिधि, एनप्याब्सन मेचीनगर अध्यक्ष, प्रिन्सिपल, सञ्चालकको आतिथ्यता रहेको थियो ।


प्याब्सन मेचीनगर उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव नेत्र खतिवडाले गरेका थिए । प्याब्सनको सांस्कृतिक कार्यक्रम विहीबार समापन हुँदैछ ।

प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]