बैशाख २४, २०८१ सोमबार

विधालयलाई सबैको रोजाईमा पारौं

सम्पादकीय
नयाँ पढ्ने उमेर समुहका बालबालिकाका अभिभावकहरुलाई निजी मन्टेश्वरी कहाँ पठाउने बारे चिन्तामा हुन्छ । । शुरुआतबाटै निजी विधालयको छलफल हुने गर्छ । सबै वर्गका परिवारहरु आफ्ना सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने मान्यता राख्दछन् । जसका कारण महंगा मन्टेश्वरी पठाउन छलफल गर्नु स्वभाविक हो । हामीले देख्दै आएका सामुदायिक विधालयहरुको अवस्थाका कारण आफ्ना सन्तानका लागि पहिलो रोजाई निजी बिधालय नै पर्ने गरेको छ । अब, सामुदायिक विधालयहरुलाई पनि सबै रोजाईमा कसरी पार्न सकिन्छ भन्ने बारे सोचौं ।

सामुदायिक विधालयमा आकर्षण बढाउन ठुला काम गरिरहन पर्दैन । ससाना विषयहरुमा सुधार ल्याउने हो भने सामुदायिक विधालयहरु प्रति आकर्षण बढेर जानेछ । झापाको बिर्तामोडमा रहेको मोहनमाया मावि त्यसैको एउटा उदाहरण हो । हरेक दिन हरेक विधालयमा विधार्थीको हाजिरी हुन्छ । यो त एउटा नियमित काम हो । तर, मोहनमायाले कुन विधार्थी कहिले अनुपस्थित छ ? किन विधालय आइरहेको छैन भन्ने समेत खोजी गर्ने गरेको छ । जसले अभिभावकहरु पनि विधालयप्रति जिम्मेवार हुने गर्दछन् ।

विधालयमा पठनपाठन मात्रै होइन, त्यहाँ हुने रचनात्मक क्रियाकलाप र राज्यले विषयगत शिर्षकमा दिने खर्चको सदुपयोग गर्दै विधालयप्रति शिक्षक कर्मचारी जिम्मेवार भए विधालय सुधार गर्न ठुलो काम गरिरहन पर्दैन । मोहमाया कै कुरा गर्ने हो भने हरेक दिन विहान लाइन बस्दा विधार्थीहरु बक्तृत्वकलामा सहभागी हुन्छन् । एउटा विषयामा एउटा विधार्थीले आफ्नो प्रस्तुति राख्ने गर्छन् । जसले बाह्य ज्ञानका लागि ठुलो मद्दत पुग्ने गर्छ । विधार्थीको नियमित रेखदेख, नियमित पठनपाठन गरेमा विधालय सुधार गर्न ठुलो पहाड पल्टाउनु पर्दैन । यसैले सर्वप्रथम विधालयको सुधारका लागि संकल्प चाहिन्छ । र, विधालयका जिम्मेवार व्यक्तिहरु विधालय सुधारका लागि समर्पित हुनुपर्छ ।

प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]