बैशाख ८, २०८१ शनिबार

सवारी दुर्घटना हुँदा एकको मृत्यु

बिर्तामोड । कमल गाउँपालिका वडा नम्बर ५ स्थित महेन्द्र राजमार्गमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोरङ जिल्ला बेलबारी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष अन्दाजी ५८ कि तुलसा देवी गुरूङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा कमल गाउँपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गमा दक्षीणबाट राजमार्गमा निस्कि पश्चिम तर्फ मोड्ने क्रममा को ३२ प ८५६ नम्बरको मोटर साइकललाई पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडि बाट ठक्कर दिई दुर्घटना हुँदा मोटर साइकलको पछाडि बसेकी देवी गुरुङको मृत्यु भएको हो । साथै ५८ वर्षीय मोटर साइकल चालक शुक्र बहादुर तामाङ भने सकुशल रहेका छन् ।

भोजपुर वडा नम्बर ५ बस्ने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : पुष १, २०७९ शुक्रबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]