बैशाख २०, २०८२ शनिबार

किरणले न्याय नपाउनुको कारण : गरिवी र कथित दलित

प्रदीप परियार

हिरासतमा भएको रहस्यमय मृत्यूको घटनाले झापा अकास्मात तात्यो । जसरी तात्यो अहिले त्यसरी नै सेलाइरहेको छ । रहस्यमय मृत्यू भनिएको घटनामा सबैले हत्या नै भनिरहेका छन् । घटना कसैको चासोमा परेन । उनको मृत्युमा राजनीति भयो । उनी दलित भए । १५ वर्षीय किरण कार्कीढोली (दर्जी) मारिएको मारियै भए । उनको लागि न्याय पनि मर्यो । किरणले न्याय नपाउनुका खास कारणहरु छन् ।
इलाका प्रहरी कार्यालय अनामरानीले चैत २९ गते पक्राउ चोरीको अभियोगमा किरणलाई पक्राउ गर्यो । शुक्रवार साँझमा बालकलाई पक्राउ गरियो । भोलीपल्ट शनिवार । कार्यालयको प्रशासनिक काम बन्द । पक्राउ गरेको २४ घण्टाभन्दा बढि प्रक्रियाभन्दा बारिह गएर हिरासतमा राख्न मिल्दैन । उमेरमा पनि बालक पक्राउ गरेपछि परिवारलाई जानकारी गराइएन । झट्ट हेर्दा प्रहरीले वेवारिसे जस्तो देख्यो । गरिवलाई राज्यले सधैं वेवारिसे कै रुपमा हेरिरहेको हुन्छ । म्याद थप नगरी प्रहरीले बालकलाई हिरासतमा राख्यो । त्यहाँबाट प्रहरीले यो घटनामा गल्ती शुरु गरेको छ । म्याद थप नगरी हिरासतमा राख्नु गैरकानुनी छ । गैरकानुनी काम गर्ने प्रहरीका लागि झापामा राजनीतिक दलले काँध थापिदिए । दलको प्रबृत्ति कसरी हुर्किदैछ भन्ने सन्देश, यो घटनामा दलहरुको सहभागिताले अध्ययन गर्ने मौका पाइयो ।
बैशाख १ गते वेवारिसे सम्झेको बालकको म्याद थप्ने कुरा प्रहरीको प्राथमिकतामा परेन । नयाँ वर्ष प्रहरीलाई पनि लाग्यो । त्यसैदिन राती प्रहरी हिरासतमा किरण झुण्डिएर मरेको कुरा सार्वजनिक भयो । आम नागरिकले त्यो घटना थाहा पाएनन् । प्रहरीले २ गते विहान २ बजेको घटना भन्यो । रातारात जनप्रतिनिधि डाकियो । जो सरोकारवाला थिएनन् । रात मै भद्रपुर पुर्याउनु पर्ने कुनै जरुरी थिएन । त्यहाँ पनि प्रहरीले आफ्नो गल्ती लुकायो । अन्य घटनामा मान्छे मरेको हो कि पशु चासो नदिने प्रहरी किरणको हत्याको घटनालाई गुपचुप बनाउने हुँदा आफ्नो गल्ती लुकाउन सकेन । प्रहरीका गल्ती सबै छरपस्ट भए ।
बालकलाई वेवारिसे सम्झिएको कारण प्रहरीले किरणलाई खासै वास्ता पनि गरेन । प्रहरीले शुरुआतमा भारतीय पनि बनाइदिए । तर, परिवार भएको जव थाहा भयो , तव प्रहरीले आफ्नो बचाउ शुरु गरे । घटना विवरण लामो छ । संक्षेपमा किरणले न्याय पाउन नसक्नुमा यो समाजको निरिहता प्रदर्शन भयो । झापा न्याय पाइदैन भन्ने सन्देश पनि दियो ।

शुरुमा सबै भिडे । त्यो बेला उनीहरु भन्दै थिए, दलित नभन्नु है । एउटा नेपाली मरेको छ, भन्नु । अहिलेसम्म यहाँका दलित नेपाली भएका छैनन, यसको अर्थ । दलित भन्दा सबै पछि हट्नु, नेपाली भन्दा सबै अघि बढ्नुले जातीय विभेद् चरम छ पुष्टि गरेको छ । दलितलाई न्याय दिन दलित बाहेक कोहि लाग्न नहुने ? दलितभन्दा साँघुरो हुन्छ भनियो । गैरदलित फराकिलो भए, दलित अझैं साँघुरो घेरामै रहुन् भन्ने बुझाई सामान्तको अवशेष हो । सबैले दलित भन्दा किरणले छोइहाल्छ कि जस्तो गरियो । दलितलाई पनि न्याय दिनुपर्छ भन्ने सोच अझै विकास भएको छैन । यो नेपाली समाजको जटिल समस्या हो ।


हिरासतमा चाहे झुण्डिएर किन नमरोस् त्यसको जिम्मा प्रहरीले लिनु पर्छ । हिरासतमा त्यो बेला ५ जना प्रहरी डिउटीमा थिए । त्यसको पूर्ण दोष ५ जना प्रहरीको हो । एउटा थुनुवा मरुञ्जेल के हेरेर बसे ? कार्यलय प्रमुख डिएसपी सुवास खड्काले यो घटनाको जिम्मेवारी लिनुपर्ने हो । तर, उनलाई शक्तिको सहयोग मिल्यो । शक्तिको सहयोगले एउटा गरिवले न्याय पनि पाएन । कसले के गर्यो तिर गएर घटना सामसुम पार्ने काम भयो । हिरासतमा सुरक्षा छैन भन्ने पुष्टि यहि घटनाले गरेको छ । नयाँ वर्षको उन्मादमा चनचले किरणलाई प्रहरीले कुटपिट गरे । कुटपिट गर्दा उनको संवेदनशील ठाउँमा लाग्यो । र, किरण मरे । उनलाई शौचालयमा झुण्डिएको नाटक देखाइयो । जुन शौचालयमा झुण्डिएर मर्न संभव छैन ।
न्याय माग्नेहरु केहि दिन उफ्रिए । उनीहरुलाई पनि थकाउने काम गरियो । विभिन्न दवाव र शक्तिको धम्कीले न्याय माग्नेहरु पछि हटे । सामान्य दवावमा पछि हट्नेहरु वास्तवमा न्याय माग्न सकिरहेका थिएनन् । उनीहरु पनि दलको मुन्तिर थिए । दलको इसारा जयजयकार गरे । अहिले तै चुप मै चुप छन् ।
किरण दर्जी एउटा गरिवका छोरा हुन् । गरिवमाथि नेपाली समाज त्यति संवेदनशिल छैन । गरिवले पशु सरह मर्नु परेको छ । सम्पन्नको छोरा मरेको थियो भने, केन्द्र देखि वडासम्म आन्दोलनको आँधी आउने थियो । गरिव हुनुमा किरणको गल्ती थिएन । यहि सामन्त समाजका कारण किरणहरु सम्पन्न पनि बन्न सकिरहेका छैनन् । सामाजिक संघ संस्था, अभियान्ता पनि चुप बसे । व्यानर देखाएर दलाली गर्नेहरु किरणको हत्यामा व्यानर देखाउन सकेनन् । किनभने, यसमा फाइदा थिएन । अर्को, उनी कथित दलित हुन् । अर्थात, नेपाली समाजको अछुत जात । कथित उपल्लो जातिको लागि प्राथमिकतामा परेन । अर्जुनधाराका लक्ष्मण शिवाकोटी पानीमा डुवेर मरेका थिए । तर, यो सिङ्गो समाजले डुवाएर मारेको भनिदियो । आन्दोलन चल्यो । गोली चल्यो । एउटाको न्यायको लागि अर्कोले मरिपनि दियो । तर, यो घटना साझा बनिदिएन । किनभने, अहिलेसम्म दलितको समस्या साझा बन्न सकेको छैन ।
शुरुमा सबै भिडे । त्यो बेला उनीहरु भन्दै थिए, दलित नभन्नु है । एउटा नेपाली मरेको छ, भन्नु । अहिलेसम्म यहाँका दलित नेपाली भएका छैनन, यसको अर्थ । दलित भन्दा सबै पछि हट्नु, नेपाली भन्दा सबै अघि बढ्नुले जातीय विभेद् चरम छ पुष्टि गरेको छ । दलितलाई न्याय दिन दलित बाहेक कोहि लाग्न नहुने ? दलितभन्दा साँघुरो हुन्छ भनियो । गैरदलित फराकिलो भए, दलित अझैं साँघुरो घेरामै रहुन् भन्ने बुझाई सामान्तको अवशेष हो । सबैले दलित भन्दा किरणले छोइहाल्छ कि जस्तो गरियो । दलितलाई पनि न्याय दिनुपर्छ भन्ने सोच अझै विकास भएको छैन । यो नेपाली समाजको जटिल समस्या हो ।
यो घटनामा प्रहरी दोषी छन् । कहिकतैं प्रहरीलाई बचाउने काम छैन । प्रशासनले दलको साथ पाएपछि प्रहरी बचाउँन अघि सर्यो । राज्य प्रशासनको बद्नाम नहोस् भन्ने नाममा एउटा बालकले न्याय पाउन सकेनन् । न्याय नपाउँनुमा सबैभन्दो ठुलो दोष यहि समाजको छ । जसले बोल्न सकेन ।

प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]