बैशाख १३, २०८१ बिहीबार

विएण्डसीले ब्लाङ्केट र डसना दिएपछि दंग भए विपन्न परिवार

बिर्तामोड । झापाको कचनकवलका गाउँपालिका क्षेत्रका विपन्न परिवारलाई ब्लाङ्केट र डसना वितरण गरिएको छ । विएण्डसीका सञ्चालक दुर्गा प्रसाईले आइतवार एक सय परिवारलाई उक्त सामग्री वितरण गरेका हुन् । एक हजार परिवारलाई ब्लाङ्केट र डसना वितरण गर्ने योजना रहेको विएण्डसीका सञ्चालक दुर्गा प्रसाईले जानकारी दिए ।

गरिव तथा विपन्न परिवारलाई जाडोयाममा ओढ्न ब्लाङ्केट र ओच्छ्याउन डसना वितरण गरिएको हो । कचनकवल वडा नं. ७ भट्टा चोक, वडा नं.५ को पाठामारीमा पुगेर विएण्डसीको अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक प्रसाईले सामग्री वितरण गरेका थिए । स्थानीय शेर आलमको आग्रहमा प्रसाईले ब्लाङ्केट र डसना वितरण गरेका हुन् । प्रसाईले केहि महिनाअघि एउटै रुखमा झुण्डिएर आत्महत्या गर्ने किशोरीहरुको घरघर पुगेर परिवारलाई समेत ब्लाङ्केट र डसना उपलब्ध गराएका छन् ।

निर्वाचनअघि

प्रसाईले सो क्षेत्रका नागरिकको दयनीय अवस्था देखेर ब्लाङ्केट र डसना उलब्ध गराउने घोषणा गरेका थिए । सोही घोषणा अनुसार प्रसाईले प्रतिवद्धता पुरा गरेका छन् । यसअघि उनले खानेपानीको समस्या व्यहोरिरहेका परिवारलाई १ हजार थान ट्यूवेल प्रदान गरेका थिए ।

ब्लाङ्केट र डसना वितरण गर्न कचनकवल पुगेका प्रसाईलाई स्थानीय नागरिकले आफ्ना समस्याहरुबारे जानकारी गराएका थिए । सो क्षेत्रमा लघुवित्तले दिदैं आएको दुःखका बारेमा समेत प्रसाईलाई अवगत गराइएको थियो । कतिपयले प्रसाईलाई पार्टीबाट टिकट नपाएकोमा दुःख व्यक्त गरेका थिए ।

 

ब्लाङ्केट र डसना पाएपछि दंग भएकी वृद्धा पर्वी राजवंशीले प्रसाईले जाडोमा ठुलो योगदान गरेको सुनाइन् । जीवनमा पहिलो पटक यस प्रकारको सहयोग पाएको भन्दै उनले प्रसाईलाई धन्यवाद दिइन् ।

प्रकाशित मिति : पुष १०, २०७९ आईतबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]