जेष्ठ ५, २०८१ शनिबार

काँकरभिट्टा बसपार्क व्यवस्थापन गर्न दोस्रो चरणको छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग दोस्रो चरणको छलफल गरेको छ ।

काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिका परिसरमा सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल गरिएको हो ।

नेपालको पूर्वी प्रवेशद्वारसँगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त बन्दा सर्वसाधारण र स्थानीयले सास्ती व्यहोर्नु परिरहेको गुनासाहरू बढिरहेकोले त्यसको समाधान गर्न नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै पहल थालेको मेचीनगर प्रमुख बुढाथोकीले बताएका छन् । उनले काँकरभिट्टा बसपार्क चाडैं नै व्यवस्थित व्यवस्थापनका साथ सहजरूपमा सञ्चालन गर्ने गरि अभिभावकको भूमिकामा नगरपालिका विभिन्न योजनाका साथ लागि परेको बताए ।

बसपार्क व्यवस्थापनका लागि भएको छलफलमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्वी बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतो, काँकरभिट्टा ट्राफिक पोष्ट प्रमुख सई लीला श्रेष्ठ, डल्फिन यातायात प्रालिका प्रतिनिधि कमल शाह, मेची यातायात एण्ड अटो प्रालि केशवराज लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : पुष १६, २०७९ शनिबार  ३ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]