बैशाख १५, २०८१ शनिबार

हात्तीको आक्रमणले महिलाको मृत्यु, श्रीमान् घाइते

बिर्तामोड । झापाको शिवसताक्षीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो ।

आज राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो ।

हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् ।

त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमान् शान्तिरामको उपचार भइरहेको छ ।

स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो ।

हात्ती आहारा खोज्दै भण्डारण गरिराखिएका अन्न खान गाउँ पसेको हो। छावा हात्ती घरभित्र पस्ने र उक्त छावालाई बाहिर निकाल्न माउ हात्तीले घर भत्काउने गरेको स्थानीयले बताए ।

प्रकाशित मिति : पुष १७, २०७९ आईतबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]