जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडमा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण

बिर्तामोड। पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिबार बिर्तामोडमा शुरु भएको छ ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा बिर्तामोडस्थित होटल हेवनमा शुरु भएको प्रशिक्षणमा ४० जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

मन्त्रालयका महाशाखा प्रमुख गौतमराज अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष अग्रज पत्रकार भीम नेम्वाङले गरेका थिए । प्रमुख अतिथि नेम्वाङले पत्रकारितामा संलग्नहरुले अध्ययन, खोज अनुसन्धानमा विशेष अभिरुची राख्नुपर्ने र प्रविधिमा अब्बल हुनुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रशिक्षणका विषयमा प्रष्ट्याउँदै सक्रिय पत्रकारलाई आगामी दिनमा एडभान्स प्रशिक्षण र लेखनवृत्ति समेत प्रदान गरिने बताए । प्रशिक्षणको सहजीकरण पत्रकारहरु उमाकान्त खनाल, केशव भट्टराई, डिकेश लामा र मन्त्रालयका अधिकृत गणेशबहादुर कार्कीले गरिरहेका छन् ।

पत्रकारिताको आधारभूत तहको अन्तरक्रियात्मक प्रशिक्षणमा पत्रकारितामा भर्खरै प्रवेश गरेका तथा पत्रकारिता सम्बन्धी प्रशिक्षणको अवसर नपाएका महिला, दलित, जनजाति, आदिवासी, मधेशी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, पीछडावर्ग समुदायबाट सहभागिता रहेको छ ।

प्रशिक्षणमा पत्रकारिताका विविध विषयसँगै आचारसंहिताको बारेमा समेत छलफल हुने बताइएको छ । कार्यक्रम उद्घाटन समारोहको सञ्चालन महासंघका सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : पुष २३, २०७९ शनिबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]