जेष्ठ ५, २०८१ शनिबार

विदेशबाट फर्किएकालाई बिर्तामोडमा अभिमुखीकरण

बिर्तामोड । वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार व्यक्तिहरुको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको पुनः एकीकरण कार्यक्रम सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

रोजगार सेवा केन्द्र बिर्तामोड नगरपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका कार्यक्रमहरुबाट सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेकी छन् । उनले स्थानीय श्रोतसाधन र सीपलाई प्रयोग गरेर सबै जना व्यवसायिक बन्नु पर्नेमा जोड दिइन् ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आफुसँग सीप र ज्ञान भयो भने मात्रै उत्पादनमुखी क्षेत्रमा लाग्न सकिने धारणा राखे । उनले सामाजिक सञ्जालको प्रयोग गर्ने समयलाई कम गरेर कृषि, व्यापार, व्यवसाय, होटल लगायतका आयआर्जन मुलक क्षेत्रमा लाग्न सहभागीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा वित्तीय पहुँच परामर्श सेवा, व्यवसाय विकास परामर्श सेवा, वित्तीय साक्षरता,पूँजी प्रवाह, मनोसामाजिक परामर्श, स्वरोजगार आय आर्जन, सीपविकास तालिम लगायतका विषयमा छलफल गरिएको थियो ।

अभिमुखिकरण कार्यक्रमलाई सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भद्रपुरका कार्यक्रम संयोजक फणिन्द्र प्रसाद दाहाल र रोजगार सेवा केन्द्र बिर्तामोडका संयोजक होमनाथ भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका र टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : पुष २४, २०७९ आईतबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]