जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडमा प्रतिबन्धित माछा नष्ट

बिर्तामोड । बिर्तामोड नगर प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको मरेका माछा आइतवार नष्ट गरिएको छ । बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका र मागुर माछा विक्री वितरणमा पुर्णरुपमा रोक लगाएको भएपनि लुकिछिपि विक्री वितरण भईरहेको सुराकीका आधारमा नगर प्रहरीले पश्चिम स्टेण्ड नजिकैबाट पंघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका माछालाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र स्थानीय माछा उत्पादक कृषकको उपस्थितिमा खाल्डो खनेर पुरिएको हो । बिर्तामोड नगरपालिकाले नागरिकको स्वास्थ्यलाई हानी गर्ने विषादी हालिएका मरेका माछा विक्री वितरणमा रोक लगाएको छ ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले फर्मालिन हालिएका मानव स्वास्थ्यलाई असर गर्ने माछा अवैध ढंगले ओसारपसारमा संलग्न व्यवसायी र त्यसमा संलग्नहरु पक्राउ परेको खण्डमा ऐनअनुसार कारवाही गर्ने बताएका छन् । यस प्रकारका माछा बिर्तामोडको स्थानीय बजारमा बिक्री वितरण गर्न नपाउने भन्दै उनले सूचनालाईे बेवास्था गर्ने जो कोहिलाई कारवाही गर्ने चेतावनी दिए । बिर्तामोडमा मरेका माछा विक्री वितरण गरेको पाइएमा सूचना दिन नगरपालिकाले सबैलाई आग्रहसमेत गर्दै आएको छ ।

प्रकाशित मिति : पुष २४, २०७९ आईतबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]