जेष्ठ ५, २०८१ शनिबार

मन्त्रिमण्डलमा सत्ता सहकर्मी दलको प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताउनुभएको छ ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आज साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताउनुभयो । वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने छ भन्दै उहाँले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको प्रष्ट पार्नुभयो । उहाँले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : पुष २४, २०७९ आईतबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]