जेष्ठ ५, २०८१ शनिबार

एक करोडको लगानीमा दियालो फर्मा सञ्चालन

बिर्तामोड । झापाको बिर्तामोडमा दियालो फर्माको औपचारिक शूभारम्भ गरिएको छ । आइतवारबाट औपचारिक शूभारम्भसँगै विक्रि समेत सुरु गरिएको सञ्चालक दिपेन्द्र पौडेलले जानकारी दिए ।

बिर्तामोड ४ स्थित होटल सिद्धार्थसँगै सञ्चालनमा ल्याइएको दियालो फर्मा औषधि व्यवसायी दिपेन्द्र पौडेल र याम बिष्टले संयुक्त लगानीमा फर्मा सुरु गरेका हुन् ।

अधिकांश कम्पनीका औषधि सहजै उपलब्ध हुने दियोलामा करिब एक करोड लगानी भएको सञ्चालक सहयोगी सुशिल दाहालले जानकारी दिएका छन् । उनका अनुसार दियालोमा औषधिका अधिकतम आइटम सहजै उपलब्ध गराइनेछ । फर्माले नगद काउन्टरसमेत राखेको छ ।

प्रकाशित मिति : पुष २४, २०७९ आईतबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]