बैशाख २१, २०८१ शुक्रबार

लक्ष्मी माविमा राजीतिक हस्तक्षेप

अर्जुनधारा । लक्ष्मी माध्यमिक विधालयको विषयलाई लिएर नेपाली कांग्रेस राजनीतिक हस्तक्षेप शुरु गरेको छ । केहिदिन यता विधालयमा भइरहेको विवाद बुझ्दै नबुझी आज कांग्रेस अर्जुनधारा नगर समितिले विज्ञप्ति सार्वजनिक गरेकोमा आम अभिभावकले आपत्ति जनाएका छन् ।
अर्जुनधारा नगर समितिका सभापतिले विधालयमा भइरहेको विवादलाई एकातिर छोडेर राजनीति संरक्षण गर्ने उदेश्यले विज्ञप्ति सार्वजनिक गरेकोमा संघर्ष समितिले दुःख व्यक्त गरेको छ । आइतवार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले प्रअ विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रअ घनश्याम डाँगीको बचाउँ गर्ने काम गरेको अभिभावकले आरोप लगाएका छन् । कांग्रेसका हेरप्रसाद खरेलले विज्ञप्तिमा संघर्ष समितिले हुल हुज्जत गरेको, विधालय घेरेको, शिक्षक अपमानित गरेको, विधार्थीलाई आतंकित बनाएको आरोप लगाएका छन् । संघर्ष समितिको विज्ञप्ति खण्डन गर्दै समितिका संयोजक भिष्म पौडेलले राजनीतिक हस्तक्षेप मान्य नहुने बताए । संघर्ष समितिले सातभित्र समस्या समाधान गर्न नगरपालिकालाई अल्टिमेटम दिएका छन् ।

प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार  ४ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]