बैशाख ८, २०८१ शनिबार

झिलझिलेबाट बेबारिसे एक महिलाको उद्धार

शिवसताक्षी । शिवसताक्षी झिलझिलेबाट एक जना बेबारिसे महिलाको आज उद्धार गरिएको छ । झिलझिले बजार सडक किनारको रुखको फेदमा पौषको कठ्याङग्रिने जाडोमा रात काटिरहेकी एक महिलालाई शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले उद्धार गरेका हुन् ।

एक महिनादेखि रुखको फेदमा बस्दै आएकी महिलालाई शिवसताक्षी नगरपालिकाले विराटनगर स्थित मानव सेवा आश्रममा पठाएको छ । नगरप्रमुख थोप्राले एम्बुलेन्स हालेर विराटनगरस्थित मानव सेवा आश्रममा ती महिलालाई पठाएका हुन् ।

एक महिनादेखि जाडोमा रुखको फेदमा बस्दै आएकी महिलालाई झिलझिलेबासीले विहान बेलुका खाना खुवाउँदै आएका थिए । स्थानीय उमा लुइटेल, गीता अधिकारीले खानाको खाना व्यवस्थापन ग

रिदिएका थिए भने, सविता बुढाथोकीले कपडाको प्रबन्धन मिलाइदिएकी थिइन् ।

नगरप्रमुख थोप्राले नगर भित्र जो कोहीले पनि यस्तो जाडोमा सडक पेटीमा रात काट्नु मानवीय अपराध भएको बताए । मानव भएर मानवले सबैमा सेवाभाव राख्नु पर्छ उनले भने, नगरपालिकाले यस्ता नागरिकलाई उद्धार गरी उनीहरुका लागि बनेको मानव आश्रमहरुमा पठाउने गरेका छौ ।

हाल ती महिलाको नाम ठेगाना खुलेको छैन । गएको एक महिनाअघि महिलालाई भारतीय सवारी साधनले त्यहाँ ल्याएर छोडेको बताइएको छ ।

 

प्रकाशित मिति : पुष २५, २०७९ सोमबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]