बैशाख १४, २०८१ शुक्रबार

कमलका आङ्गदेम्बेहरु संगठित

दमक । झापा कमल गाउँपालिकाका लिम्बू आङ्गदेम्बेहरु संगठित भएका छन् । आज कमल ५ मंगलवारेस्थित सगुन युवा क्लवको सभाहलमा भएको पालिकास्तरिय आङ्गदेम्बेहरुको भेलाले पापोहाङ्ग आङ्गदेम्बे ताङसेप सङजुम्भो कमल शाखा गठन गरेका हुन् ।

सर्वसम्मत गठित कार्यसमितिको अध्यक्षमा बबिन आङ्गदेम्बे ,उपाध्यक्षमा खगेन्द्र आङ्गदेम्बे ,सचिवमा पुनम आङ्गदेम्बे ,सहसचिवमा काजी आङ्गदेम्बे र कोषाध्यक्षमा सुरेन्द्र आङ्गदेम्बे चुनिएका छन् । ११ सदस्यीय समितिको सदस्यहरुमा तेजु आङ्गदेम्बे ,पूर्णसिंह ,रिद्धि आङ्गदेम्बे ,भिमराज आङ्गदेम्बे ,राजकुमारी आङ्गदेम्बे ,शकुन्तला आङ्गदेम्बे र कविन्द्र आङ्गदेम्बे चुनिएका छन् ।

यसैगरि, कमल २ का वडाअध्यक्ष अशोक आङ्गदेम्बेको संल्लाहकार संयोजक रहेको पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष बबिन आङ्गदेम्बेले बताएका छन् । सल्लाहकार समितिको सदस्यहरुमा राम आङ्गदेम्बे ,बिष्णु आङ्गदेम्बे ,देवी आङ्गदेम्बे र राजकुमार आङ्गदेम्बे रहेका छन् ।

सङजुम्भोले कमल भरिका आङ्गदेम्बे लिम्बू दाजुभाईहरुवीच आपसी एकता तथा समन्वय गर्न संगठीत गर्नुका साथै विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिने जनाईएको छ ।

प्रकाशित मिति : पुष २९, २०७९ शुक्रबार  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]