बैशाख ७, २०८१ शुक्रबार

अवैध रुपमा उत्खनन् गर्ने दुई चालकसहित ट्रयाक्टर नियन्त्रणमा

मेचीनगर । मेचीनगर– ३ स्थित निन्दा खोलामा अवैध रुपमा गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले दुई जना चालकसहित ट्रयाक्टर नियन्त्रणमा लिइएको छ ।

शुक्रबार बाहुण्डाँगीबाट खटिएको प्रहरी टोलीले निन्दा खोलामा बालुवा उत्खनन् गरिरहेका प्रदेश १–०१–००१ त ८९४२ र प्रदेश १–०१–००१ त ८३१७ नम्बरको ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा २० वर्षका सागर तामाङ र अन्दाजी २२ वर्षका सुजन धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै चालकसहित ट्रयाक्टर आवश्यक कारवाहीका लागि मेचीनगरपालिकालाई बुझाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : पुष २९, २०७९ शुक्रबार  ९ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]