जेष्ठ ६, २०८१ आईतबार

सुदूरपश्चिम प्रदेशमा सभामुख छान्न सकेनन् दलहरूले

धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख छान्न सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले पोखरामा जहाज दुर्घटनामा परेको शोक आज मनाउने घोषणा भएकोले प्रदेश सभा बैठक मंगलबारसम्म स्थगित गर्ने सहमति गरेको हो ।

प्रदेश सभा सचिवालयले मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने जानकारी दिएको छ ।

सुदूरपश्चिमका सांसदले गत पुस १५ गते शपथ लिएका थिए । पुस १८ गते पहिलो बैठक बसेको थियो ।

पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्ने संवैधानिक व्यवस्था छ । तर यो व्यवस्थाअनुसार दलहरू सभामुख चयन गर्न असफल भएका छन् ।

गत पुस २८ र पुस ३० मा सभामुख छान्न मतदान भए पनि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी नै तटस्थ बसेको थियो। यहाँ नागरिक उन्मुक्तिका ७ जना सांसद छन् ।

नागरिक उन्मुक्तिलाई नेपाली कांग्रेसले पनि साथ लिन खोजिरहेको छ ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  १२ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]