बैशाख ११, २०८१ मंगलबार

माओवादी झापाको निष्कर्ष : जनताका समस्यामा हातेमालो गर्ने

झापा । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ ।

बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्ने बताए ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नि)को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव राम कार्की, केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतले विचार राखेका थिए ।

स्थानीय चुनावमा निर्वाचित भएका पार्टीका जनप्रतिनिधिलाई सम्मान गरिएको बैठकमा १५ वटै पालिकाका अध्यक्षहरुले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षहरुले प्रस्तुत गरेको प्रतिवेदनमा जनतासँग प्रत्यक्ष जोडिएका पालिकाका समस्या र सरोकारका विषयहरु उठान गरिएको माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरियाले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ कमिटीका सहायक इन्चार्ज साबित्रीकुमार काफ्ले ‘समर’, केद्रीय सदस्य लक्ष्मी न्यौपाने, केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’, उपाध्यक्ष विजय साम्पाङ, नेता हरिकुमार राना, प्रदेश सचिवालय सदस्य सिपी कडरिया, बोधराज दाहाल, पुरुषोत्तम चुडाल, केन्द्रीय अनुसशासन आयोगका पूर्णसिंह राजवंशी, बन्दना झाँगड ‘अनिशा’ लगायतको आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्रका जिल्ला सचिव मोहन टुडुले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर अध्यक्ष राजन चिमरिया स्वागत गरेका थिए । बैठकमा पार्टीका जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठनका संयोजकसहित करिब ५ सय जना सहभागी थिए ।

 

प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]