बैशाख २१, २०८१ शुक्रबार

मेचीनगरको प्रमुख प्रशासकीयमा गणेश दाहाल आउने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमाण्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने पक्का भएको छ ।

मेचीनगर नगरपालिका नगर कार्यापालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लगाईले प्रक्रिया पुगेका कामहरू पनि समयमा नगर्दा नगरबासीले सेवा लिनबाट बन्चित हुनुपरेको गुनासो दिनप्रतिदिन बढ्न थालेपछि उनको कार्य सम्पादन चित्त बुझ्दो नभएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो । त्यसलाई सदर गर्दै मन्त्रालयले चम्लगाईको मेचीनगरबाट सरूवा गरेको छ ।

मेचीनगरको कार्यपालिकाको पुस १८ गतेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको थियो । गत असोज १ गतेदेखि मेचीनगर आएका चम्लागाईको प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएको छ ।

प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]