बैशाख २१, २०८१ शुक्रबार

अनेरास्ववियु झापाको स्ववियु केन्द्रित प्रशिक्षण

मेचीनगर । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले स्ववियु केन्द्रित कार्यक्रम सुरु गरेको छ । जसअन्र्तगत आज त्रिदेव बहुमुखी क्याम्पसको सभा हालमा स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

अनेरास्ववियु झापाले आजको स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा जिल्लाभरका स्ववियु निर्वाचन हुने सामुदायिक क्याम्पसहरुका क्याम्पस कमिटीका पदाधिकारीहरुलाई प्रशिक्षित गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता अनेरास्ववियु झापा जिल्ला कमिटि अध्यक्ष रोशन लामाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा अनेरास्ववियु केन्द्रीय कमिटी सचिव डम्बर अधिकारीको उपस्थिति रहेको थियो । त्यसै गरी अतिथिहरुमा नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य बसन्त बानियाँ, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य समर्पण खतिवडा, नेकपा एमाले जिल्ला कमिटी सचिव शिव ढुङ्गेल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य टिकाराम मंग्राती, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य कृतिज्ञा गौतम, हेडम्बर निरौला, अनेरास्ववियु प्रदेश १ उपाध्यक्ष दुर्गा धमला, अनेरास्ववियु प्रदेश १ सचिव मनोज ताम्ली, अनेरास्ववियु प्रदेश १ सदस्य लक्ष्मी न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेताहरु समर्पण खतिवडा, टिकाराम मंग्राती र लक्ष्मी न्योपानेले शुभकामना मन्तव्य राखेका थिए भने नेता बसन्त बानियाँले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । त्यसै गरी प्रशिक्षकका रुपमा नेताहरु शिव ढुङ्गेल, दुर्गा धमला र मनोज ताम्लीको उपस्थिति रहेको थियो ।

नेता मनोज ताम्लीले स्ववियु निर्वाचनको बेलामा अपनाउनु पर्ने प्राविधिक कानुनी कुराहरुमा विद्यार्थीहरुलाई प्रशिक्षित गराए भने नेता दुर्गा धमलाले अनेरास्ववियुको इतिहास र आन्दोलनहरुको बारेमा प्रशिक्षण दिए । त्यसै गरी नेता शिव ढुङ्गेलले अन्य संगठनभन्दा अनेरास्ववियु कति कारणले फरक र स्ववियुमा अनेरास्ववियुको जीत किन महत्वपूर्ण छ भन्ने बिषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए ।

स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य अनेरास्ववियु झापाका उपाध्यक्ष बलराम गिरीले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नारायण पोखरेल र सहसचिव बालचन्द्र कार्कीले गरेका थिए ।

 

प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]