चैत्र १६, २०८० शुक्रबार

अध्यक्ष ओलीको तर्फबाट झापाको गौरीगञ्जका १ हजार परिवारलाई कम्बल वितरण

झापा । झापा क्षेत्र नं ५ को गौरीगञ्ज गाउँपालिकाका १ हजार परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं यस क्षेत्रका साँसद केपी शर्मा ओलीको तर्फबाट कम्बल र म्याट वितरण गरिएको राष्ट्रिय सभामा एमाले दलका नेता देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

गौरीगञ्ज ४ का १ सय ५ परिवारलाई हिजो कम्बल वितरण गरिएको छ । बाँकी ३,५ र ६ नं वडाका ८ सय ९५ परिवारलाई आज वितरण गरिने दाहालले जानकारी दिनुभयो । अध्यक्ष ओलीको तर्फबाट दाहाल,प्रतिनिधीसभा सदस्य सुनिता बराल,प्रदेशसभा सदस्य होमबहादुर थापा र जिल्ला अध्यक्ष दिपक कार्कीले लक्षित परिवारलाई यी सामग्री वितरण गर्नुभएको हो ।

प्रकाशित मिति : माघ ४, २०७९ बुधबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]