बैशाख ७, २०८१ शुक्रबार

शिवसताक्षीमा हात्ती पीडित र सरोकारवाला निकायका प्रमुखहरुसँग अन्तरक्रिया

शिवसताक्षी । झापाको शिवसताक्षीमा जंगली हात्तीले आतंक मचाउन थालेपछि हात्तीको हात्ती प्रभावित सरोकार समाज शिवसताक्षीले अन्तरक्रिया गरेको छ। सरोकार समाजले शिवसताक्षी ८ स्थित झिलझिलेमा हात्ती पीडित र सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको हो ।

शिवसताक्षीमा पछिलो समय हात्तीको आक्रमणबाट मानवीय क्षतिसमेत भएको छ । जंगली हात्तीले रात्रीको समयमा शिवसताक्षीका वडा नं. १, ८,९ र १० का स्थानीयका घर भत्काइदिने, खाद्य सामाग्रीहरु खाइदिने खालका गतिविधीहरु गदै आएका स्थानीय बासीले गुनासो गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय जयश्वर आङ्गदेम्बे, डिकबहादुर बुढाथोकी, बेनुप्रसाद संग्रौला, चन्द्रमणी नेपाल, दाताराम विष्ट लगायतले हात्तीले गाउँघरमा गर्दै आएको क्षतिको बारेमा जानकारी गराएका थिए ।

जंगली हात्तीलाई गाउँ पस्न नदिन विभिन्न खालको उपायहरुको खोजी गरिए पनि दीर्घकालिन रुपमा हात्ती नियन्त्रण गर्न नसकिने सरोकारलाहरुले बताएका छन् ।

दमक सव डिभिजन कार्यालयका प्रमुख एकराज दाहालले जंगली हात्ती आहाराको खोजीमा गाउँ पस्ने गरेको बताए । उनले जंगल क्षेत्रमा हात्तीको आहारा रुपमा लिइने बनस्पतीहरुको विरुवा रोपण गरे पनि केही हदसम्म हात्ती गाउँ नपस्ने बताए ।

गाउँको बीचमा हात्ती पसेपछि हात्ती धपाउन नजान्दा विभिन्न खालका क्षति गर्दै आएको जिल्ला बन कार्यालयका प्रमुख ऋषि पराजुलले जानकारी दिए । हात्ती खेदाउनका लागि छुट्टै तालिमहरुको व्यवस्था गर्नु पर्छ । उनले भने, गाउँमा हात्ती छिरेपछि सबैले चारैतिरबाट आगो लगाएर हात्ती धपाउने गरिएको छ । यो गलत छ । हात्तीले कतै जाने ठाउँ नपाउँदा उत्तेजित धेरै धनमालको क्षति गर्दै आएको हो ।

अन्तरक्रियामा हात्तीले मानव बस्तीमा गरेको क्षति पछि पाउने राहतको विषयमा छलफल भएको थियो । हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएमा, घाइते भएमा,बालीनालीको क्षति भएमा र भौतिक संरचानामा क्षति भएमा राहतको व्यवस्था रहेको जानकारी गराएको थियो ।

अन्तरक्रियामा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले हात्ती आतंकले गर्दा नगरमा पु¥याएको मानविय क्षति र अन्य बालिनाली तथा भौतिक संरचनाको क्षतिले आफुलाई धेरै दुःखित बनाएको बताएका छन् । उनले नगरपालकाले हात्ती निन्यत्रणका लागि जिल्ला तहमा पनि धेरै पटक छलफल चलाइएको र यसका लागि राष्ट्रिय स्तरबाटै अभियान चलाउनु पर्ने बताए । स्थानीयतहले सिमित श्रोत साधानका बीच हात्ती धपाउनका लागि केही उपकरण र सडक बत्ती जडान गरिने छ । उनले भने, हामीले हात्तीबाट क्षति पुर्याएका नगरबासीलाई थोरै भएपनि राहत दिने गरेका छौ । तर यो पर्याप्त छैन । नगरप्रमुख थोप्राले हात्ती नियन्त्रणका लागि सबै एक भएर लाग्नुको अर्को विपल्प नभएको बताए । यसका लागि शिवसताक्षी नगरपालिकाले गर्न र दिन सक्ने साथ सहयोग सदैव रहेको समेत जानकारी गराएका थिए ।

कार्यक्रममा मेची नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले आफु पनि हात्ती प्रभावित क्षेत्रमा रहेकाले यसको न्युनिकरणको विषयमा आफ्ना अनुभवहरु राखेका थिए । उनले हात्ती धपाउने तरिका र न्युनिकरणको विषयमा प्रकाशन गरिएको पुस्तक र पर्चाहरु शिवसताक्षी नगरपालिकाको नगरप्रमुख थोप्रालाई हस्तानतरण गरेका थिए ।

कार्यक्रममा रतुवा माई बृक्षारोपण आयोजनका भोला यादव, शिवसताक्षी नगरपालिका वडा नं. ११का वडाध्यक्ष बहादुर आङ्गबो, इलाका प्रहरी कार्यालयका इन्चार्ज महेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको हात्ती प्रभावित सरोकार समाज अध्यक्ष डिके लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भिम लिवाङले गरेका थिए ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]